कारोबार


गल्फ लुब्रिकेन्टले गर्‍यो डिलर भेटघाट कार्यक्रम

गल्फ लुब्रिकेन्टले गर्‍यो डिलर भेटघाट कार्यक्रम

नेपालखबर
साउन १८, २०७९ बुधबार १५:१५, काठमाडौँ

चर्चित ल्युब्रिकेन्ट ब्रान्ड गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ। 

कम्पनीले चुनौतीहरुले सफलता दिलाउँछन् भन्ने नारामा डिलर मिट कार्यक्रम सम्पन्न गरेको हो। 

दुई दिने सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ। 

कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिबद्ध गर्ने रहेको थियो। कार्यक्रममा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि  गरिएको थियो। 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास   र इन्नोभेसनको कारण हामी नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड भइराखेका छौँ। म हाम्रा सबै डिलरहरु र टिमको  प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad