सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ।
सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटिको सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्यले १६ गते एक विशेष कार्यक्रमका बीच सर्भिस सेन्टर उद्घाटन गरिएको हो।
उक्त अवसरमा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य भनेको विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु भएको बताए।
ग्राहकको चाहना र आवश्यक्तालाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको छ। त्यसैगरी टाटा प्रोटेक्टअन्तर्गतको सेवा तथा सुविधाहरुको माध्यमबाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएकोे जानकारी प्रदान गरे।
सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्युब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन्।
त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्नेछन्। टाटा प्रोटेक्टअन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टाभित्र मर्मतकार्यको ग्यारेन्टी प्रदान गर्नेछ।
यदि नभएमा प्रतिदिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ। त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगदरहित बीमादाबी सुविधाको साथमा ६० दिनभित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ। ग्राहकहरुको गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नको लागि विविध खालको एएमसी सुविधाहरु पनि प्रदान गर्नेछ।
अफरोड भएका गाडिहरुको लागि टाटा अलर्टअन्तर्गत ६ घण्टाभित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टाभित्र समाधान गर्नेछ।
उक्त वर्कशपको शुभारम्भ संगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरी नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडीहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ।
प्रतिक्रिया