कारोबार


चितवनमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर र प्राइभेट ग्यारेज मेकानिकहरूको भेटघाट

चितवनमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर र प्राइभेट ग्यारेज मेकानिकहरूको भेटघाट

नेपालखबर
फागुन १३, २०८० आइतबार १२:४०, काठमाडौँ

नेपाल ल्युब आयल लिमिटेडले चितवनमा आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिकहरूसँगको भेटघाट तथा छलफल कार्यक्रम गरेको छ। 

नेपाल ल्युब आयल लिमिटेडका चितवनको लागि आधिकारीक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको  सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनक रुपमा  बिक्रेता र मेकानिक्सहरूले सहभागिता जनाएका थिए।

आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बागमती प्रदेश प्रमुख एवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्री रहेका थिए भने नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्र सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो। 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले यो कार्यक्रम निकै महत्त्वपूर्ण रहेको र देशभर सञ्चालन गर्दै आएको बताए। 

‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिकसँग प्रत्यक्ष  भेटघाट गरी उहाँहरूको सल्लाह र सुझाब लिई, त्येही अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु हो’, उनले भने। 

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिष्टेन्ट म्यानेजर राजन रावलले  गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजबारे विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । 

कार्यक्रममा चितवन अटो मोबाईल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले, चितवन अटो मोबाईल एसोसिएसनका पूर्वअध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतका वक्ताहरूले आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा लुब्रिकेन्ट्स बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरूलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .