ad ad

कारोबार


नेपालमा ओमोडाले बेच्यो डेढ सय बढी गाडी, ४ सयवटा बुकिङ

नेपालमा ओमोडाले बेच्यो डेढ सय बढी गाडी, ४ सयवटा बुकिङ

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १२:४४, काठमाडौँ

नेपाली बजारमा छोटो समयमै ओमोडा गाडी निकै रुचाइएको छ। 

ओमोडा गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका अनुसार बजार प्रवेशको केही महिनामै १ सय ५१ भन्दा बढी गाडी नेपाली बजारमा बिक्री भएको हो। 

कम्पनीले बुकिङ भएको १ सय ५१ बढी गाडी ग्राहकलाई हस्तान्तरण गरिएको जनाएको छ। 

यसैबीच, कम्पनीले काठमाडौंको उत्तरढोकास्थित ओमोडाको सोरुमको आइतबार उद्घाटन समेत गरेको छ। उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एसआर शारदा, ओमोडा नेपालका देशीय निर्देशक सोङ हुआईफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङलगायत विभिन्न अतिथिको सहभागिता थियो। 

कार्यक्रममा ग्राहक खरिदकर्तालाई साँचो हस्तान्तरण गरिएको थियो। शारडा ग्रुपका निर्देशक गौरव शारडाले औपचारिक रुपमा ओमोडाको गाडी गत फेब्रुअरी २ मा नेपालमा बुकिङ खुल्ला गरिएको बताउँदै हालसम्म ४ सयभन्दा बढीको बुकिङ भइसकेको उल्लेख गरे। 

उनले डेढ सय बढी गाडी हाल नेपाली सडकमा गुडिरहेको बताए। एसपीजी मोबाइल्सले ओमोडा ई फाइभ नेपालमा ल्याएको थियो। यसमा ६१ किलोवाटको लिथियम आयन फोस्फेट ब्लेड ब्याट्री रहेको छ। 

यो गाडीले एकपटकको चार्जमा ४३० किमि रेन्ज दिने कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .