कारोबार


होजोन अटोले भन्यो– नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन

होजोन अटोले भन्यो– नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १९:४८, काठमाडौँ

इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। 

होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो। 

‘हामी सुनिश्चित गर्न चाहन्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन। नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ।  

होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भईरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ। 

उपभोक्ताको बिक्रीपछिको अनुभवलाई धेरै महत्व दिने कम्पनीले जनाएको छ। 

नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत बिक्री भएका गाडीहरुमा न्यूनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ।

नेपालका केही मिडियामा नेटासम्बन्धी नकारात्मक समाचार आएलगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो। 

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad