भारतीय बजारमा विद्युतीय कारहरुको बिक्री बढेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जनवरीको रिपोर्टले भारतमा विद्युतीय कारहरुको बिक्री बढेको देखाएको हो।
रिपोर्टअनुसार बीएमडब्लु, मर्सिडिज बेन्ज, औडीजस्ता विलासी कार कम्पनीहरुको समेत उत्साहजनक बिक्री भएको छ। बीएमडब्लुले १८ प्रतिशत, मर्सिडिजले ५३ प्रतिशत र औडीले २० प्रतिशतले बिक्री बढाएका छन्।
तर जनवरीमा टाटा मोटर्स भारतीय बजारको ‘मार्केट लिडर’ बन्न भने असफल भएको छ। टाटाको वार्षिक तुलनामा १३ प्रतिशतले घटेको छ। पछिल्लो वर्ष ५ हजार ८०२ वटा कार बिक्री गरेको टाटाले यस वर्ष जनवरीमा ५ हजार ४७ वटा मात्रै बिक्री गरेको छ।
यसले भारतमा ईभी बिक्रीमा प्रतिस्पर्धा बढेको देखाएको छ। महिन्द्रा एन्ड महिन्द्राको पनि ईभी बिक्री ६८८ युनिटमा सीमित भएको छ। गत वर्ष कम्पनीले ७८४ युनिट बिक्री गरेको थियो। अब आउने एक्सईभी ९ई र बीई६ को बिक्री सुरु हुँदा यो आँकडा बदलिन सक्ने बताइएको छ। उता भोल्भोको पनि बिक्री ५५ बाट घटेर २७ युनिटमा खुम्चिएको छ। कम्पनीको ५१ प्रतिशतले बिक्री घटेको हो।
रिपोर्टअनुसार सन् २०२५ को पहिलो महिनामा ईभी बिक्रीको वार्षिक वृद्धिदर कुल २५ प्रतिशत छ।
Shares

प्रतिक्रिया