कारोबार


जनकपुरदेखि सिन्धुलीसम्म रोयल इन्फिल्डको महाराइड

जनकपुरदेखि सिन्धुलीसम्म रोयल इन्फिल्डको महाराइड

नेपालखबर
माघ २८, २०८१ सोमबार १४:४५, जनकपुर

रोयल इन्फिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा हालै रोयल इन्फिल्ड महाराइड सम्पन्न गरिएको छ। 

यो राइड जनकपुरस्थित रोयल इन्फिल्ड शोरुमबाट सुरु भएको थियो। 

कम्पनीका अनुसार उक्त यात्रा सिन्धुलीसम्म पुर्‍याइएको थियो। यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भ्रातृत्व विकास र रोयल इन्फिल्ड समुदायलाई सुदृढ बनाउने रहेको थियो।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो विश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो। बर्दिबासस्थित रोयल इन्फिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एवं विशाल हुनपुग्यो। थप राइडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए। साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए। 

सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए। यातायात मन्त्रालयका सचिव रन्जित यादवलगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad