सत्य घटनामा आधारित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ।
ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको गीतमा स्माइल दासको स्वर सुन्न सकिन्छ। गीतमा संगीत पनि दासले नै भरेका छन्।
नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली) लाई गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई भिडिओमा देखाइएको छ।
गीतमा बुद्धि तामाङ र रेखा लिम्बु फिचर्ड छन्। टिकाराम घले, माया गुरुङ, सुनिता गाहा लगायत करिब १ दर्जन कलाकारहरुको अभिनय छ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडिओमा नेत्र लोज़ाको स्टोरी छ। विवेक विकेको सिनेमाटोग्राफी रहेको गीतमा सुबास शाहको सम्पादन छ।
84
Shares

प्रतिक्रिया