एलएस अटोले मोफसल (उपत्यकाबाहिर) पनि टेस्ट ड्राइभ सुरु गरेको छ।
एलईभी ०१ नेपालमा ल्याएको नेक्सन वेन्चर प्रालिले ड्राइभिङ अनुभव दिनलागेको हो।
यही फागुन ९ र १० गते चितवनमा कम्पनीले एक्सचेन्ज क्याम्प गर्दै छ। एलएस अटोले सन् २०२५ मा दुई मोडलहरु एलईभी ०३ र एलईभी ०५ मोफसलमा ल्याउँदै छ।
एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।
स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक छ। यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्विल डाइभ मोटर रहेको छ। यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।
ईभीले एक पटकको फुलचार्जमा ५००ं किलोमिटरसम्मको रेन्ज दिन्छ। एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ।
Shares

प्रतिक्रिया