भक्तपुरको सल्लाघारीस्थित सिएफ मोटो सोरुममा आजदेखि एक्सचेन्ज कार्निभल सुरु भएको छ।
सो क्षेत्रका लागि आधिकारिक बिक्रेता राइडर ग्रुपले कार्निभल आयोजना गरेको हो। राइडर ग्रुपले विगत ८ वर्षदेखि भक्तपुरमा सीएफ मोटो मोटरसाइकल बिक्री गर्दै आएको छ। कम्पनीले हालै जिहो ब्रान्डको इलेक्ट्रि स्कुटर समेत बिक्री गर्न थालेको छ।
६ दिनसम्म चल्ने मेला सीएफ मोटोको एनएके२५० मोटरसाइकल लक्षित छ। एनके२५० अपग्रेड भएर आएपछि यस ग्रुपले पहिलोपटक ६ दिन लामो एक्सचेन्ज कार्निभल आयोजना गरेको हो ।
कार्निभलमा विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकहरूलाई उक्त मोडल मोडल खरिद गर्दा बजार मूल्यांकनमा ५० हजार रुपैयाँ थप मूल्याकंन कम्पनीको तर्फबाट उपलब्ध गराइने बताइएको छ।
फाइनान्समा खरिद गर्दा ५० प्रतिशत डाउनपमेन्ट गरी बाँकी रकमलाई शून्य प्रतिशत ब्याजदरमा २४ महिनाभित्र भुक्तानी गर्न सकिने, नगद खरिदमा उचित छुट प्रदान गरिनुका साथै उक्त मोडलमा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ। साथै, ग्राहकले एउटा आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन्।
युवा राइडरमाझ लोकप्रिय बनिरहेको सीएफ मोटो एनके२५० मा २७ बिएचपी पावर र २२ एनएम टर्क जेनेरेट गर्ने शक्तिशाली ईएफआई इन्जिन जडान गरिएको छ। उत्कृष्ट पर्फमेन्स र आकर्षकत लुक्स तथा डिजाइनका कारण पछिल्लो समय एनके२५० नेपाली राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया