कारोबार


टाटाको पन्च ईभीमा सिप्रदीले ल्यायो आकर्षक योजना, यस्तो छ विशेष सुविधा

टाटाको पन्च ईभीमा सिप्रदीले ल्यायो आकर्षक योजना, यस्तो छ विशेष सुविधा

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १३:५१, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च ईभीमा आकर्षक योजना सार्वजनिक गरेको छ।

कम्पनीले यस अवधिमा पन्च ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। 

यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च ईभी खरिदमा मात्र लागू हुनेछ। कम्पनीका अनुसार पन्च ईभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो। 

यो फेब्रुअरी महिनाभरि पन्च ईभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाइनेछ। यसले अहिले पन्च.इभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनीले अपेक्षा गरेको छ।

यो स्किमको विस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सकिनेछ। 

अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च ईभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ। फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा  उचित रिसेल मूल्यांकन  पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने सिप्रदीको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad