कारोबार


सात महिनामा नेपाल भित्रिए झण्डै १४ अर्बका विद्युतीय कार, जिप र भ्यान, कति उठ्यो राजस्व?

सात महिनामा नेपाल भित्रिए झण्डै १४ अर्बका विद्युतीय कार, जिप र भ्यान, कति उठ्यो राजस्व?

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १७:२८, काठमाडौँ

नेपालमा साउनदेखि माघसम्म झण्डै १४ अर्बका विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार १३ अर्ब ८५ करोड १ लाख ३० हजार रुपैयाँबराबरका ५ हजार ८ सय ९६ वटा ईभी कार, जिप र भ्यान आयात भएको हो। 

यसबाट सरकारले ८ अर्ब ४६ करोड २६ लाख ७८ हजार रुपैयाँ कुल राजस्व संकलन गरेको छ। 

आयातितमध्ये अनअसेम्बल्ड २३ लाख ९७ हजार रुपैयाँको ईभी कार, जिप र भ्यान (५० केडब्लुसम्म) दुईवटा छन्। जसबाट ७ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी ३ अर्ब ५० करोड १३ लाख १३ हजारको ईभी कार, जिप र भ्यान (५० केडब्लुसम्म) १९९२ वटा आयात हुँदा १ अर्ब ५१ करोड १७ लाख ७४ हजार राजस्व प्राप्त भएको विभागले जनाएको छ। 

यस्तै, ८ अर्ब ७६ करोड ४१ लाख ७३ हजारको ईभी कार, जिप र भ्यान ५१ देखि सय किलोवाटसम्म ३४०२ वटा आयात हुँदा सरकारले ५ अर्ब ५७ करोड ३७ लाख ६१ हजार राजस्व आम्दानी गरेको छ। 

१०१ किलोवाटदेखि २०० किलोवाटसम्म ४९३ वटा ईभी कार, जिप र भ्यान आयात भएका छन्। यो भनेको १ अर्ब ५३ करोड ५२ लाख ५५ हजारबराबरको हो। यसबाट १ अर्ब ३० करोड २९ लाख ३२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ। 

४ करोड ६९ लाख ९२ हजारको ईभी कार, जिप र भ्यान २०१ किलोवाटदेखि माथिका ७ वटा आयात भएका छन्। यसबाट सरकारले ७ करोड ३४ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ। 

कार, जिप र भ्यानमध्ये अनअसेम्बल्ड ईभी तीनपांग्रे ६१५९ वटा पनि आयात भएका छन्। ६३ करोड ४९ लाख २० हजारका यी ईभी तीनपांग्रेबाट २२ करोड ५ लाख २४ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ। 

यसबाहेक ५१ करोड ७८ लाख १७ हजारको ईभी तीनपांग्रे ५०६९ वटा पनि आयात भएका छन्। यसबाट पनि १८ करोड ३१ लाख १७ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad