सीजी मोटर्सले महामेला एक्सचेन्ज कार्निभल भृकुटीमण्डपमा जेठ ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जी६ का एन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए। साथै सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा रिडारा इकोन ४x४ र अपग्रेडेड किङलङ १६ सिटेसँगै ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री अनावरण गरिएको छ। नयाँ किङलङ १६ सिटेमा ४००+ रेन्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्सलगायतका विशेषता छन्।
कार्निभलअन्तर्गत दायुनमा ३.९९ लाख डाउन पेमेन्ट, रिडारा इकोन ४x४ मा ९.९९ लाख डाउन पेमेन्ट सुविधा उपलब्ध हुनेछ।
साथै आयन र एक्सपेङमा १२ लाखसम्मको बेनिफिट, उत्कृष्ट साटफेर मूल्यांकन र उत्कृष्ट फाइनान्स सुविधा प्राप्त गर्न सकिनेछ।
इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया