कारोबार


उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपालखबर
चैत २४, २०८२ मंगलबार १९:३७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नयाँ नेतृत्व चयन भएको छ। मंगलबार हेटौँडामा सम्पन्न निर्वाचनबाट वेदबहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका वेदबहादुरले प्रतिस्पर्धी दुर्गाराज श्रेष्ठलाई पराजित गर्दै ६१.०५ प्रतिशत मतसहित निर्वाचित भएका हुन्। दुर्गाराजले ३८.९५ प्रतिशत मत प्राप्त गरेका छन्। 

महासंघको नवौँ प्रदेश सभा तथा तेस्रो अधिवेशन सोमबार उद्घाटन भएको थियो भने सोही अधिवेशनबाट तेस्रो अध्यक्षका रूपमा वेदबहादुर चयन भएका हुन्। यसअघि संस्थापक अध्यक्ष दिनेश श्रेष्ठ र दोस्रो कार्यकालमा दिलसुन्दर श्रेष्ठ अध्यक्ष रहेका थिए। निर्वाचनमा वस्तुगत, एसोसिएट तथा जिल्लारनगर गरी कुल २१७ मत खसेको थियो।

उपाध्यक्षतर्फ जिल्ला÷नगरबाट मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता विजयी भएका छन्। उनले कविराज खत्रीलाई पराजित गर्दै ३१ मध्ये २१ मत प्राप्त गरे। खत्रीले १० मत पाए।

एसोसिएट उपाध्यक्षतर्फ कृष्णभक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भए। वस्तुगत उपाध्यक्षमा प्रेमहरि मैनाली १४ मतसहित विजयी हुँदा राजकुमार दाहाल ६ मतसहित पराजित भए।

कोषाध्यक्षमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्रबहादुर खत्री ९७ मतसहित विजयी भए भने जीवनकाजी माकजु श्रेष्ठ ६६ मतसहित पराजित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad