प्रहरीको ‘स्विप अपरेसन’ अन्तर्गत काठमाडौँ उपत्यकाबाट ३५१ जना बिचौलिया पक्राउ गरेको छ।
प्रहरीले चैत १० गतेदेखि २४ गतेसम्म १५ दिनमा ३५१ बिचौलिया पक्राउ गरेको जनाएको छ।
प्रहरीले मालपोत, यातायात, नापी लगायत कार्यालयमा सेवाग्राहीलाई झन्झट दिएको आरोपमा धमाधम नियन्त्रणमा लिइरहेको छ।
ठूलो संख्यामा पक्राउ परेका लेखापढी व्यवसायीहरूले भने आफूहरू अनुमति लिएर सेवाग्राहीको सेवामा लागिपरेको र बिचौलिया भनेर धरपकड गरेको भन्दै आन्दोलनको घोषणा गरेका छन्।
714
Shares

प्रतिक्रिया