बैंकिङ प्रणालीमा साढे ६१ खर्ब निक्षेप पुगेको छ। माघ २० गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ५० अर्ब निक्षेप पुगेको हो।
माघ १९ गते प्रणालीमा ६१ खर्ब ४९ अर्ब रहेको निक्षेप थियो। जुन पछिल्लो एक दिनमा १ अर्ब थपिएर साढे ६१ खर्ब पुगेको हो।
सोही अवधिमा कर्जा प्रवाह भने ३ अर्बले बढेको छ। माघ १९ गते प्रणालीबाट ५० खर्ब ८२ अर्ब रहेको कर्जा प्रवाह ३ अर्बले बढेर ५० खर्ब ८५ अर्ब पुगेको छ।
निरन्तर प्रणालीमा लगानी योग्य रकम (तरलता) थपिदै जादा औषत कर्जा निक्षेप अनुपात ८०.२९ प्रतिशतमा आएको छ। यसले बैंकहरुसँग लगानी क्षमता झन्डै १० प्रतिशत रहेको बुझिन्छ।
प्रणालीमा अधिक तरलता हुँदा अन्तर बैंक ब्याजदर समेत ३.०३ प्रतिशत छ।
54
Shares
प्रतिक्रिया