कारोबार


बैंक तथा वित्तहरुमा ७ अर्ब मुद्दती निक्षेप राख्दै केन्द्रीय बैंक

बैंक तथा वित्तहरुमा ७ अर्ब मुद्दती निक्षेप राख्दै केन्द्रीय बैंक

नेपालखबर
जेठ ४, २०८३ सोमबार १६:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ७ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ। 

सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्नलागेको जनाएको हो। 

यसका लागि बैंक वित्तहरुले आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव आह्वान गर्न भनेको छ। वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्तहरुले उक्त निक्षेप राख्न पाउनेछन्। 

बैंकले मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिन अर्थात् एक वर्षका लागि उक्त रकम राख्ने जनाएको छ। यसमा लिन चाहने बैंक वित्तले जेठ ६ गते बेलुकी ७ बजेभित्र रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। 

७ अर्बमध्ये वाणिज्य बैंकहरुमा ५ अर्ब ६० करोड, विकास बैंकहरुमा १ अर्ब ५ करोड र वित्तहरुमा ३५ करोड छुट्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad