नेपाली सेनाको र्याप गीत युट्युबमा रुचाइएको छ। चार दिनअघि सार्वजनिक भएको गीतको भिडिओ अहिलेसम्म युट्युबमा साढे दुई लाख पटक हेरिएको छ।
नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतको बोल ‘रेन्जर’ रहेको छ। जसले सेनामा भर्ना खुलेको प्रसंग जोड्दै देशको लागि सेनामा संघर्ष गर्ने युवाको चाहनालाई समेटिएको छ।
प्रताप मगरको यस र्यापलाई तयार पारेका हुन्। वासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन्।
यो गीत सार्वजनिक भएसँगै प्रधानमन्त्री वालेन शाह मात्रै र्यापार भनेको सेना पनि र्यापर भएको भन्दै दर्शकले रमाइलो प्रतिक्रिया दिइरहेका छन्।
399
Shares

प्रतिक्रिया