कारोबार


निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रकै सम्पत्ति हो, जोगाउनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रकै सम्पत्ति हो, जोगाउनुपर्छ : अर्थमन्त्री

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १२:३५, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रकै सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन्। 

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा महिला आर्थिक पत्रकार संघले यही कात्तिक ११ देखि १४ गतेसम्म आयोजना गरेको महिला आर्थिक पत्रकारहरुको लागि एडभान्स तालिम समापनमा बोल्दै उनले निजी क्षेत्रको सम्पत्तिलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गरेका हुन्। 

‘निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रको सम्पत्ति हो भनेर सम्पत्ति र स्वामित्वबीचको फरक छुट्याउन सकिएन’, दुसित प्रिन्सेस होटलमा आयोजित कार्यक्रममा उनले भने, ‘विदेशी लगानीकर्तालाई लुटेरा भन्ने चलन छ।’

बोटलर्स, एनसेलजस्ता कम्पनीहरुलाई ठग र लुटेराका रुपमा चिनाइने गरेकाले यस्तो दृष्टिकोण बदल्न जरुरी भएको उनको भनाइ थियो। 

उनले भने, ‘यसले सम्पत्तिमाथिको क्षति पुर्‍याउन प्रमोट (उक्साउने) गर्ने गरी पत्रकारिता क्षेत्रले समाचार, विषयवस्तु दिनुहुँदैन। सम्पत्ति सिर्जनामा सबै लाग्नुपर्छ।’

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad