एनआईसी एसिया बैंकले एनआईसी एसिया सर्वश्रेष्ठ १० गणा मुद्दती योजनालाई साउनभरका लागि विस्तार गरेको छ।
बैंकले गत असार १२ देखि सोही मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो।
व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकलक्षित गरेर ल्याइएको यो योजना लोकप्रिय भएको भन्दै बैंकले साउनमा पनि निरन्तरता दिने भएको हो।
योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकको भनाइ छ। योजनाको विभिन्न प्रकारहरूलाई निम्नानुसार तालिकामा देखाइएको छ-
योजना | व्यक्तिगत | संस्थागत | रेमिट्यान्स |
२ गुणा | ६ वर्ष ४ महिना २५ दिन | ७ वर्ष २ महिना २७ दिन | ५ वर्ष १० महिना १४ दिन |
३ गुणा | १० वर्ष २ महिना १४ दिन | ११ वर्ष ८ महिना ९ दिन | ९ वर्ष ४ महिना १० दिन |
४ गुणा | १२ वर्ष ११ महिना २ दिन | १४ वर्ष १० महिना २९ दिन | ११ वर्ष १० महिना ७ दिन |
५ गुणा | १५ वर्ष ० महिना १३ दिन | १७ वर्ष ५ महिना ९ दिन | १३ वर्ष ९ महिना १५ दिन |
६ गुणा | १६ वर्ष ९ महिना ६ दिन | १९ वर्ष ६ महिना ७ दिन | १५ वर्ष ४ महिना १७ दिन |
७ गुणा | १८ वर्ष २ महिना २४ दिन | २१ वर्ष ३ महिना १३ दिन | १६ वर्ष ८ महिना २१ दिन |
८ गुणा | १९ वर्ष ६ महिना १ दिन | २२ वर्ष ९ महिना २६ दिन | १७ वर्ष १० महिना २० दिन |
९ गुणा | २० वर्ष ७ महिना १५ दिन | २४ वर्ष २ महिना ५ दिन | १८ वर्ष ११ महिना १ दिन |
१० गुणा | २१ वर्ष ७ महिना १७ दिन | २५ वर्ष ४ महिना २३ दिन | १९ वर्ष १० महिना २ दिन |
यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाखसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरूको अत्यन्त उत्साहजनक सहभागिता रहिआएको बैंकले जनाएको छ।
Shares
प्रतिक्रिया