कारोबार


भदौमा सनराइज बैंकको अफरै अफर

भदौमा सनराइज बैंकको अफरै अफर

नेपालखबर
भदौ १, २०७९ बुधबार १९:११, काठमाडौँ

महिलाहरुको पर्व हरितालिका तीज पर्ने भदौ महिनामा सनराइज बैंकले विभिन्न अफरहरु सार्वजनिक गरेको छ। 

बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको हो। 

तीजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५ सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ। 

साथै भदौ महिनाभर सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल ब्यान्किङ, निःशुल्क डिम्याट, निःशुल्क मेरो सेयर, निःशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको छ।  

साथै शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जस्मा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ।

सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजारसम्मको प्रसूति खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ। 

स्वास्थ्य योजनाअन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .