कारोबार


प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि ल्यायो विशेष छुट अफर

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि ल्यायो विशेष छुट अफर

नेपालखबर
भदौ २२, २०७९ बुधबार १८:२, काठमाडौँ

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ। 

क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो। 

भदौ १९ गते आइतबार भएको उक्त छुट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्। 

एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छुट पाउने प्रभु क्यापिटलले जनाएको छ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौताको मितिदेखि तीन महिनासम्म लिन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .