स्मार्टच्वाइस टेक्नोलोजिजले दशैँ अफर सार्वजनिक गरेको छ।
कम्पनीले दमदार दशैँ धमाका थ्रिडी अफर सार्वजनिक गरेको हो।
अफरअनुसार एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पस मेसिनमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशत पैसा फिर्ता पाउनेछन्।
हालसम्म एससीटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने जनाइएको छ।
एससीटी यूपीआई डेबिट कार्डमा एटीएममा क्यास कारोबार गर्ने ग्राहकले पनि यो अफरको फाइदा लिन सक्नेछन्। कम्पनीका अनुसार उनीहरुले १२ सय रुपैयाँसम्म पैसा फिर्ता पाउनेछन्।
१५ सय बराबरको पस कारोबारमा ५ सय र ३ हजार बराबरको कारोबारमा १ हजार पैसा फिर्ता पाउन सकिनेछ।
अफर असोज महिनाभर लागू हुने कम्पनीको भनाइ छ।
भदौ २७, २०७९, साेमबार
33
Shares
प्रतिक्रिया