आईएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार (एजेन्ट)मार्फत अन्तर्राष्ट्रिय टिकट काट्न पाइने भएको छ।
कम्पनीका अनुसार यात्रुहरुले एजेन्टमार्फत सजिलै टिकट खरिद गर्न पाउनेछन्।
कम्पनीले आईएमई एजेन्ट पोर्टलमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सकिने व्यवस्था समेत मिलाएको जनाएको छ।
यसबाट समग्र पर्यटन उद्योगको विकास र प्रवर्द्धन हुने कम्पनीको विश्वास छ।
चैत १६, २०७९, बिहीबार
प्रतिक्रिया