ad ad

कारोबार


हिमालयन बैंकको इटहरी शाखा–२ इनरुवा १ मा स्थानान्तरण

हिमालयन बैंकको इटहरी शाखा–२ इनरुवा १ मा स्थानान्तरण

नेपालखबर
चैत १, २०८० बिहिबार १५:२७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका १, सुनसरीबाट आजदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ। 

बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेकी थिइन्। 

उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट  ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .