ad ad

कारोबार


भारतपछि थप ३ देशमा शाखा विस्तार गर्दै हिमालयन रि, विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउँदै

भारतपछि थप ३ देशमा शाखा विस्तार गर्दै हिमालयन रि, विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउँदै

नेपालखबर
चैत ८, २०८० बिहिबार ११:४७, काठमाडौँ

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रेटिङ एजेन्सी एएम बेस्टबाट हालै मात्र प्राप्त गरेको बीप्लस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ। 

सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्यान्डमा शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ। 

सो देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलियाजस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्गप्रशस्त हुने कम्पनीले जनाएको छ।

केही महिनाअघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्षभित्रै भारतबाट अन्दाजी १० अर्ब रुपैयाँ बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ।

कम्पनीेको हालै सम्पन्न तेस्रो वार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिन्छ। 

‘कम्पनीले अपेक्षाअनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्नसकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल मात्र नभई कम्पनीले जुन “टेकिङ नेपाल टु द वर्ल्ड” भन्ने नारा बाकेको छ, सो नारा बमोजिम नेपाललाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सफल हुने निश्चित प्राय देखिन्छ’, हिमालयन रिले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .