खेल


एपीएफलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश

एपीएफलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश

नेपालखबर
चैत ८, २०८० बिहिबार ११:४७, काठमाडौँ

एपीएफ क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको खेलमा एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुुलिस क्लब उपाधि नजिक पुगेको हो। 

पुलिस क्लबले एपीएफलाई २७–२५, २५–२२, ३०–२८ र २५–१७ ले आफ्नो पक्षमा पारेको हो। पहिलो र दोस्रो सेट लगातार आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट भने गुमाउन पुग्यो।

तेस्रो सेटमा ३०–२८ को रोमाञ्चक जित एपीएफले त्यसपछिको सेट भने गुमाउन पुग्दा फाइनल पुग्ने अवसर गुमाएको हो। चौथो सेटमा पुलिस क्लबले २५–१७ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुगेको हो।  

आजै हुने महिलातर्फको दोस्रो सेमिफाइनलमा चन्द्रागिरी न्यु डायमण्ड भलिबल क्लब र एभरेष्ट भलिबल क्लब भिड्नेछन्। सो खेल बिहान साढे ११ बजे सुरु हुनेछ। आजै पुरुषतर्फको दुई क्वार्टरफाइनल खेल हुनेछ। 

आजको पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र कोशी प्रदेश भिड्नेछन्। अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेश खेल्नेछन्। 

दुवैतर्फको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .