ad ad

कारोबार


सुजल फुड्सले ल्यायो चोकोफन जोय, कस्तो छ स्वाद?

सुजल फुड्सले ल्यायो चोकोफन जोय, कस्तो छ स्वाद?

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १८:५, काठमाडौँ

कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन चोकोफन जोय बजारमा ल्याएको छ।

चोकोफन जोय नेपालकै पहिलो स्क्वायर मल्डेड चकलेट रहेको र पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ। 

नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिने कम्पनीको दाबी छ।

वर्गाकारमा कोकोआको स्वाद र मिठासले भरिपूर्ण चोकोफन जोय स्वादिष्ठ रहेको बताइएको छ।

कम्पनीका अनुसार चोकोफन जोय मुखमा राख्नासाथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ। आकर्षक वर्गाकार आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाऊँ खाऊँ लाग्छ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोयको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले चोकोफन जोयको प्याकेजिङ्गलाई अझ बढी उत्कृष्ट र आकर्षक देखाएको छ। प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित ढङ्गमा देखाइएको छ। 

चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध छ। दुवैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखाइएको छ र जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ। चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै  आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ।

यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ। चोकोफन जोय मात्र रु १० को अधिकतम खुद्रा मूल्य मा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .