नेपाल टेलिकमले रिचार्ज कार्ड तथा मोबाइल प्वाइन्ट अफ सेल (एमपस) र अन्य विभिन्न भुक्तानी एपमार्फत हुने रिचार्जमा बोनस दिएको छ।
कम्पनीका अनुसार विभिनन दरका रिचार्ज कार्ड तथा एमपस र नमस्ते पे, इसेवा, खल्ती, आईएमई पेलगायत डिजिटल वालेटमार्फत रिचार्ज गर्न सकिन्छ।
यसअनुसार कम्पनीले १८ गतेदेखि आगामी पुस १७ सम्म एमपस रिचार्जमा बोनस सुविधा दिएको हो।
कम्पनीका अनुसार यसरी हुने ५० देखि ९९ रुपैयाँसम्म रिचार्जमा २० मिनेट अननेट भ्वाइस ३ दिनका लागि, १०० देखि १९९ रुपैयाँसम्म ५० मिनेट अननेट भ्वाइस ३ दिनका लागि, २०० देखि ४९९ रुपैयाँसम्म २ जीबी प्रतिदिन १ जीबी २ दिनका लागि र ५०० र यसभन्दा बढीको रिचार्जमा ८ जीबी प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि बोनस दिएको हो।
यसबाहेक टेलिकमले नमस्ते सापटीको सुविधा समेत दिएको छ। प्रयोगकर्ताले स्टार्ट टाइप गरी १४७७ मा सन्देश पठाएर वा स्टार१४७७ ह्याक्स डायल गरी १ छनोट गरेर सापटी लिन सक्छन्।
Shares

प्रतिक्रिया