कारोबार


रोहितसहित ६ क्रिकेटर बने वर्ल्डलिंक कम्युनिकेसन्सको ब्रान्ड एम्बेसडर

रोहितसहित ६ क्रिकेटर बने वर्ल्डलिंक कम्युनिकेसन्सको ब्रान्ड एम्बेसडर

नेपालखबर
बैशाख १५, २०८२ सोमबार ११:४०, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड ले राष्ट्रियस्तरका ६ चर्चित क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो।

नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी छन्। 

यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ। सम्झौता कार्यक्रम तीन दिनअघि वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा सम्पन्न भएको थियो।

सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए। 

नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्ध गर्ने ऐतिहासिक कार्य गरेको वर्ल्डलिंकले उल्लेख गरेको छ। यसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धतालाई देखाउने कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad