कारोबार


नेपालको उत्पादनमूलक उद्योगमा प्रवेश गर्‍यो भारतीय अर्बपति अम्बानीको रिलायन्स ग्रुप, सीजीसँग मिलेर किन्यो भेन्चुरा

नेपालको उत्पादनमूलक उद्योगमा प्रवेश गर्‍यो भारतीय अर्बपति अम्बानीको रिलायन्स ग्रुप, सीजीसँग मिलेर किन्यो भेन्चुरा

नेपालखबर
असार २९, २०८२ आइतबार १९:१४, काठमाडौँ

भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स ग्रुपले चर्चित बिजनेस घराना चौधरी ग्रुपसँग मिलेर नेपालको उत्पादनमूलक उद्योगमा लगानी गरेको छ। 

रिलायन्स र सीजीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)को सीजी रिलायन्स बेभरेज प्रालिले मकवानपुरको मनहरीमा रहेको भेन्चुरा बोटलर्स प्रालि खरिद गरेको हो। भेन्चुरा बोटलर्स सफ्ट ड्रिंक्स उद्योग हो। 

रिलायन्स र सीजीले उद्योग खरिद गरेको भेन्चुरा बोटलर्सका संस्थापक तथा प्रबन्धनिर्देशक सुवास आचार्यले नेपालखबरलाई जानकारी दिए। उनले रिलायन्सजस्तो ग्रुपले नेपालको उत्पादनमूलक उद्योगमा प्रवेश गर्नु राम्रो भएको बताए। सन् २०१८ देखि भेन्चुराले चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड आरसी कोलासँग सहकार्य गरेर नेपालमा कम्पनीको आधिकारिक बोटलर्स बनेको थियो। 

भेन्चुराले पूर्ण क्षमतामा सञ्चालन भए वार्षिक ३ अर्ब रुपैयाँको कारोबार गर्न सक्ने आचार्यको भनाइ छ।

यद्यपि कोभिड महामारीका बेला भने उद्योगले आर्थिक कठिनाइ झेलेको थियो। 

नेपालमा सीजीले यसअघि नै रियो ब्रान्डमा सफ्ट ड्रिंक्सको व्यवसाय गर्दै आएको कारण रिलायन्सले सीजीसँगको सहकार्यमा सम्भावना देखेर उत्पादनमूलक उद्योगमा प्रवेश गरेको हो। 

यद्यपि खरिदबिक्रीको मूल्य भने सार्वजनिक हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad