कारोबार


फोनपे नेटवर्कबाट १० लाख नाघ्यो क्रस-बोर्डर यूपीआई ट्रान्ज्याक्सन

फोनपे नेटवर्कबाट १० लाख नाघ्यो क्रस-बोर्डर यूपीआई ट्रान्ज्याक्सन

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:४९, काठमाडौँ

डिजिटल भुक्तानी सञ्जाल फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस-बोर्डर यूपीआई ट्रान्ज्याक्सनले १० लाख नाघेको छ।

यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीले जनाएको छ।

फोनपेका अनुसार भारतीय पर्यटकहरूले नेपालमा क्रस-बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ।

अझ बढी भारतीय ग्राहकहरू यूपीआई सक्षम एप्स प्रयोग गरी फोनपे क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्।

यस अन्तर्सञ्चालनीय प्रणालीको सफलताले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार कुल यूपीआई ट्रान्ज्याक्सन संख्या: १० लाख बढी, कुल यूपीआई कारोबार रकम २ अर्ब रुपैयाँ बढी, भौगोलिक पहुँच ७७ जिल्ला, व्यापारी पहुँच देशभर १ लाख बढी पुगेका छन्। त्यसैगरी शीर्ष व्यापारी वर्गहरूमा खानपिन स्थल र रेस्टुरेन्ट, किराना पसल, होटल तथा रिसोर्ट रहेको कम्पनीले जनाएको छ। 

फोनपे कारोबार धेरै हुनेमा काठमाडौं, कास्की र कैलाली रहेका छन्। 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले १० लाख यूपीआई कारोबार पार गर्नुलाई नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाणका रुपमा पेस गरे।

उनले भने, ‘यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति कस्तो सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ। यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।’

यूपीआई कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ बढ्दो स्वीकार्य, नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धिदर, र अन्तर्सञ्चालनीय क्यूआर भुक्तानी प्रणालीको सहजता पर्दछ। फोनपेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै गर्दा छिट्टै क्रस-बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad