कारोबार


प्रथम बिमा शुल्कमा नेपाल लाइफको रेकर्ड, १० अर्ब रुपैयाँ आर्जन

प्रथम बिमा शुल्कमा नेपाल लाइफको रेकर्ड, १० अर्ब रुपैयाँ आर्जन

नेपालखबर
असार ३२, २०८२ बुधबार १२:५८, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। 

स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा कम्पनीले नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक कीर्तिमान बनाएको हो। 

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने कम्पनीसँग जोडिएका सबैलाई धन्यवाद दिएका थिए।

‘नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ’, उनले भने, ‘आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ।’ 

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने, कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad