कारोबार


दसैँमा सञ्चालनमा आउने तयारीमा झण्डै दुई अर्ब लागतको गोदावरी फरेस्ट रिसोर्ट

दसैँमा सञ्चालनमा आउने तयारीमा झण्डै दुई अर्ब लागतको गोदावरी फरेस्ट रिसोर्ट

नेपालखबर
साउन १४, २०८२ बुधबार १५:२३, काठमाडौँ

ललितपुरको गोदावरीमा रहेको पाँचतारे गोदावरी फरेस्ट रिसोर्ट दशैँदेखि सञ्चालनमा आउने भएको छ। 

अमेरिकी होटल चेन बेस्ट वेस्टर्न प्लसले व्यवस्थापनको जिम्मा लिएको रिसोर्ट झण्डै २ अर्ब लगानीमा निर्माण भएको हो। 

यो रिसोर्ट गोदवरीस्थित सरकारले बनाएको ३ हजार क्षमताको सम्मेलन केन्द्रनजिकै रहेको छ। 

सञ्चालक युवराज श्रेष्ठका अनुसार ५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको रिसोर्टमा ८३ रुम, तीन सभाहल, स्विमिङ पुल, एउटा ब्यान्क्वेट हल रहेको छ। ३०० जनालाई यो हलले एकैपटक आतिथ्य दिन सक्नेछ। 

यसमा धेरै लगानीकर्ताहरुले लगानी गरेका छन्। तिनमा कुशेन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ र मदनलाल जोशी रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad