दिवाकर गोल्छा अर्गनाइजेसनले यही साउन १३ गते आफ्नो संस्थापक दिवस मनाएको छ।
उद्योगी तथा उद्यमी स्व.दिवाकर गोल्छाको स्मृतिमा अर्गनाइजेसनले संस्थापक दिवस मनाउँदै आएको छ।
यस अवसरमा अर्गनाइजेसनले उद्योगको कारखाना स्थल लगायत काठमाडौंमा रहेका कर्पोरेट कार्यालय लगायत अन्य शाखा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी दिवस मनाएको हो।
देशलाई औद्योगीकरण र रोजगारीतर्फ उन्मुख गराउने स्व.दिवाकर गोल्छाको चाहनास्वरुप अर्गनाइजेसनले देशका विभिन्न स्थानहरुमा कर्कटजस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिल युटेन्सिल, जीआई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स वस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापना गरी लगभग २० हजार जनालाई रोजगारी प्रदान गरेको छ।
गुणस्तरीय कर्कट जस्तापाता स्वदेशमै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले आफनो ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान गरेको छ।
दिवाकर गोल्छा फाउन्डेसनअन्तर्गत विभिन्न संघ संस्थाहरुलाइ आर्थिक सहयोग लगायतका कार्यक्रमहरु गर्दै आएको अर्गनाइजेसनले जनाएको छ।
Shares

प्रतिक्रिया