कारोबार


सामसङको ‘दशैँको मुड, सबै गुड’ अफर

सामसङको ‘दशैँको मुड, सबै गुड’ अफर

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ११:५७, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दशैँको अवसरमा अफर ल्याएको छ। 

कम्पनीले ‘दशैँको मुड, सबै गुड’ अफर ल्याएको हो। 

भदौ २५ देखि सुरु हुने अफर असोज २४ सम्म लागू हुने कम्पनीले जनाएको छ। 

यसअनुसार ग्राहकले इन्स्ट्यान्ट क्यासब्याक र उपहार पाउनेछन् भने अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड÷एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। 

कम्पनीका अनुसार लियो क्यूलेड, क्यूलेड, एफएचडी र एचडी टिभीहरुमा ३५ प्रतिशतसम्म तत्काल क्यासब्याक पाउन सकिनेछ। ७५ इन्च र ८५ इन्चका क्यूलेड मोडलमा साउन्डबार समेत दिइने कम्पनीको भनाइ छ। 

त्यसैगरी टी, ए, बी, सी, डी र एफ सिरिजका योग्य टिभीमा ३ वर्षको फुल वारेन्टी रहेको छ भने निःशुल्क इन्स्टलेसनको सुविधा समेत दिइएको छ। 

यसबाहेक कम्पनीका सिंगल डोर, डबल डोर र साइड बाई साइड रेफ्रिजेरेटरमा १९ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। त्यसैगरी ७ सय लिटर साइड बाई साइड मोडल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाइनेछ। 

यसैगरी कम्पनीका टपलोड र फ्रन्ट लोड वासिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक समेत पाइनेछ। खरिदमा विशेष डिटरजेन्ट उपहार समेत पाइनेछ। कम्पनीका अनुसार योग्य टपलोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्टलोड किन्दा सर्फ एक्सेल म्याटिक १ केजी, ८ केजीभन्दा माथिका फ्रन्टलोड मोडलमा सर्फ एक्सेल म्याटिक ६ केजी, रेफ्रजेरेटर र वासिङ मेसिनमा डीआईटीमा २० वर्षको वारेन्टी र सबै मोडलमा निःशुल्क इन्स्टलेसनको सुविधा रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad