भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ललितपुरको पुल्चोकमा रहेको लबिम मलबीच एससीटी–युनियनपे कार्डवाहकहरूका लागि प्रतिघण्टा मात्र १ रुपैयाँमा पार्किङ सेवा सुरु भएको छ।
यस सेवाअन्तर्गत एससीटी–युनियनपे कार्डवाहकहरूले लबिम मल, पुल्चोकको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रतिघण्टा मात्र १ को दरले पार्किङ सुविधा लिन सक्नेछन्।
यस सुविधा लिनका लागि ग्राहकले आफ्नो एससीटी–युनियनपे कार्डबाट लबिम मलको पार्किङ रहेको पस मेसिनमा आफ्नो पार्किङ अवधिअनुसार प्रतिघण्टा मात्र १ रुपैयाँको दरले भुक्तानी गर्नुपर्नेछ।
सोमबारदेखि सुरु भएको यो सेवा सेप्टेम्बर महिनाभर लागू हुनेछ।
15
Shares

प्रतिक्रिया