कारोबार


सामसङ ग्यालेक्सी बड्स र वाचमा ५३ प्रतिशतसम्म छुट

सामसङ ग्यालेक्सी बड्स र वाचमा ५३ प्रतिशतसम्म छुट

नेपालखबर
असोज २८, २०८२ मंगलबार १५:२२, काठमाडौँ

सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।

सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ। यो विशेष मल्टिबाइ अफरले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउने कम्पनीले उल्लेख गरेको छ।

यी उपकरणहरू रक्तचाप (बीपी) र ईसीजीजस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी र ग्यालेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन्।

एमएक्स सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले सामसङको लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको बताए। यसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउने उनको भनाइ छ। यस मल्टी-बाइ अफरमार्फत ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव गर्न सजिलो बनाउन चाहेको उनले बताए।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य हुने कम्पनीले जनाएको छ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स  सेवा मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सहज ईएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। यसका लागि नागरिकता प्रमाणपत्र भए पुग्नेछ।

यो विशेष मल्टी-बाइ अफर लिनका लागि यी सजिला स्टेपहरू पूरा गर्नुपर्नेछ–

स्टेप १: वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्
स्टेप २: तपाईंको नजिकको रिटेलर छान्नुहोस्
स्टेप ३: दर्ता गरी रु. २००० को अग्रिम रकम भुक्तानी गर्नुहोस्
स्टेप ४: प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्नुहोस्
स्टेप ५: ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जानुहोस्

उपलब्धता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad