एनआईसी एसिया बैंकका ग्राहकहरुले पर्वतको द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन्।
द क्लिफ नेपाल र बैंकले ग्राहकलाई छुट दिने सम्झौता गरेका हुन्।
सम्झौतापश्चात् यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
यस बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
Shares

प्रतिक्रिया