कारोबार


यूएईको जोयालुक्काससँग सहकार्य गर्दै माछापुच्छ्रे बैंकले थाल्यो रेमिट्यान्स सेवा

यूएईको जोयालुक्काससँग सहकार्य गर्दै माछापुच्छ्रे बैंकले थाल्यो रेमिट्यान्स सेवा

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १७:१९, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्सस्थित जोयालुक्कास एक्सचेन्जसँग रेमिट्यान्स सेवाका लागि औपचारिक सम्झौता गरेको छ। 

माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत् रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो। 

रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्। 

उक्त सम्झौतापछि अब यूएईमा रहेका नेपालीहरुले यूएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ।

साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैंकले मिलाएको छ। बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७४ स्थानमा सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad