सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यस योजनाअन्तर्गत प्रिमियम क्युलेड टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।
८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्दछ।

सामसङका नवीनतम एआई टीभी लाइनअप (क्यूलेड र यूएचडी)मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्याउने फोरके एआई अपस्केलिङ र सामसङ नक्स सेक्युरिटीजस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।
सामसङले आफ्नो टी, ए, बी, सी, डी, र एफ सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ।
Shares

प्रतिक्रिया