सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म २६ अर्धशतक बनेका छन्।
मंगलबार कर्णाली याक्सका मार्क वाटले पोखरा एभेन्जर्सविरुद्ध ५० रन पूरा गरेसँगै अर्धशतकको संख्या २६ पुगेको हो। यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काएका छन्।
यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह र इशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक–एक अर्धशतक बनाएका छन्।
पोखराका एडम रोसिङटन र कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने खेलाडी हुन्। अहिलेसम्म एनपीएलमा दुई वटा मात्रै शतक लागेको छ।

प्रतिक्रिया