कारोबार


डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १२:५५, काठमाडौँ

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड" सार्वजनिक गरेको छ।

उक्त कार्डको सार्वजनिकीकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को दोस्रो संस्करणको अवसरमा आयोजित अन- ग्राउन्ड कार्यक्रममा गरिएको छ।

यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकताविना नै १८ लाखभन्दा बढी फोनपे क्यूआर व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले ब्यांकस्मार्टएक्सपी मोबाइल बैंङ्गिक एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा, ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्, कुल क्यासब्याक अधिकतम ७५० रुपैयाँसम्मको हुनेछ ( जसले सदस्यता शुल्क समायोजन गर्नेछ)। यो अफर केवल सीमित अवधिका लागि लागू हुनेछ अर्थात् ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मान्य हुनेछ।

यसमार्फत ग्राहकहरूले सहज डिजिटल भुक्तानीको अनुभव लिनुका साथै आफ्नो सदस्यता शुल्क पनि प्रभावकारी रूपमा समायोजन गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad