दराज नेपालले ‘द रियल सेल’ अभियान घोषणा गरेको छ।
यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको हो।
यस अभियान अवधिभर ग्राहकहरूले ६० प्रतिशतसम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा ६३ लाख बराबरका भौचरहरूसहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।
अघिल्ला सेलहरुमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन्। जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ह्रोटोका तर्फबाट ४४ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट ६० प्रतिशतसम्मको छुट तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ।
यसपटक पनि ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दाराजको दुई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनै पनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ।
यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया