कारोबार


बर्लीको आक्रामक बजार विस्तार, १ नयाँ डेजर्ट र १ पर्सनल कुलर सार्वजनिक

बर्लीको आक्रामक बजार विस्तार, १ नयाँ डेजर्ट र १ पर्सनल कुलर सार्वजनिक

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १७:२९, काठमाडौँ

नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले यस सिजनका लागि आफ्नो कुलिङ पोर्टफोलियोमा नयाँ उचाइ कायम गरेको छ। 

ठूला व्यावसायिक प्रतिष्ठानहरूका लागि ३ शक्तिशाली कमर्सियल कूलर सार्वजनिक गरेको केही समयमै बर्लीले अब घरेलु र व्यक्तिगत प्रयोगका लागि थप १ नयाँ डेजर्ट र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको छ।

यो नयाँ लन्चसँगै बर्ली अब कुल २२ वटा एयर कूलर मोडलहरूका साथ नेपालकै सबैभन्दा विस्तृत र विविध रेन्ज भएको ब्रान्ड बन्न सफल भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले उपभोक्ताको हरेक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यी उत्पादनहरू उपलब्ध गराएको हो।

नयाँ थपिएका मोडलहरूमा पोलो - ५५ लि ब्लु (डेजर्ट कूलर), प्राइड - ४५ लि (पर्सनल कुलर) रहेका छन्।

बर्लीले अहिले बजारमा पर्सनल, डेजर्ट, टावर र कमर्सियल (१०० देखि १३५ लिटरसम्म) गरी कुल २२ वटा फरक–फरक भेराइटीहरू उपलब्ध गराएको छ। यी सबै कूलरहरूमा ४–तर्फी कुलिङ, एन्टि फंगल ट्रिपल लेयर हनिकम्ब प्याड्स, आइस चेम्बर, इन्भर्टर कम्प्याटिबल, लो न्वाइज अपरेसन, रोबस्ट बडी, स्वस्थ हावा र बिजुली बचतजस्ता विशेषता छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad