कारोबार


सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन अवार्ड

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन अवार्ड

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १७:३८, काठमाडौँ

हायात प्लेस बुटवल तीनवटा प्रतिष्ठित अवार्डहरु नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६, नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६ र नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६ बाट आधिकारिक रुपमा सम्मानित भएको छ।

यी सम्मानहरू प्रतिष्ठित 'होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन' र 'वल्र्डवाइड बेस्ट होटेल डट कम' द्वारा प्रदान गरिएको हो।

सञ्चालनमा आएको जम्मा ६ महिनाभित्रै यस्तो असाधारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हासिल गर्नु आफैंमा एक दुर्लभ उपलब्धि भएको होटलले जनाएको छ। 

यी अवार्डहरूले यस होटेलका विश्वस्तरीय सुविधाहरू, आकर्षक कार्यक्रम स्थलहरू, उत्कृष्ट अतिथि सेवा र कुशल नेतृत्वको प्रशंसा गर्दै यसलाई एक प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको कुरालाई प्रमाणित गर्दछ।

आफ्नो सुरुवातदेखि नै हायात प्लेस बुटवलले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड र न्यानो स्थानीय आतिथ्यताको उत्कृष्ट संयोजन गर्दै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ परिभाषा दिएको छ।

विशेष गरी " नेपालकै उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६" अवार्डले होटेलको उत्कृष्ट ब्यांक्वेट सुविधाहरू र सपनाको विवाहलाई साकार पार्न होटेलको टोलीले पुर्याएको सुक्ष्म ध्यानलाई सम्मान गरेको छ। यसैगरी, " नेपालकै उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६" ले होटेलको यो अभूतपूर्व सफलताको पछाडि रहेको उत्कृष्ट दृष्टिकोण र कुशल नेतृत्वलाई मान्यता दिएको छ।

यस ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै हायात प्लेस बुटवलका महाप्रबन्धक एवं उत्कृष्ट जीएमको सम्मान प्राप्तकर्ता तुषार नागरले कृतज्ञता व्यक्त गरे। 

उनले सञ्चालनमा आएको छोटो ६ महिनामै २०२६ का लागि यी तीन प्रतिष्ठित अवार्डहरू प्राप्त गर्दा हामी निकै सम्मानित र कृतज्ञ महसुस गरिरहेको बताए। 

हायात प्लेस बुटवलले यस उद्योगमा नयाँ आयामहरू स्थापित गर्दै गर्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने र जीवनशैलीको उत्कृष्ट अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यमा सदैव केन्द्रित रहने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad