कारोबार


फोनपोइन्ट्सको ‘२.२ उत्सव’ : विशेष डिलहरू जेठ १४ सम्म विस्तार

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ : विशेष डिलहरू जेठ १४ सम्म विस्तार

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १२:६, काठमाडौँ

डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो ‘२.२ उत्सव’ अन्तर्गत मुख्य ‘२.२ एनिभर्सरी डे’मा प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेको जनाएको छ। 

प्रयोगकर्तालाई आफ्नो पोइन्ट्सको अधिकतम मूल्य दिलाउने उद्देश्यसहित सञ्चालन भइरहेको यस विशेष अफरले देशभर उल्लेखनीय आकर्षण प्राप्त गर्दै फोनपोइन्ट्स इतिहासकै चर्चित पहलहरूमध्ये एकको रूपमा आफूलाई स्थापित गरिरहेको कम्पनीले जनाएको छ।

‘२.२ डिल्स’ नाम दिइएको यो विशेष अफर प्रि २.२ डिल्स, मुख्य २.२ एनिभर्सरी डे तथा पोस्ट २.२ डिल्स गरी तीन चरणमा सञ्चालन भइरहेको छ। विशेषगरी मुख्य २.२ एनिभर्सरी डे मा प्रयोगकर्ताबाट उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ, जहाँ हजारौं प्रयोगकर्ताले केवल २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका थिए।

फोनपोइन्ट्सका अनुसार, प्रयोगकर्ताको अत्यधिक उत्साह र सहभागिताका कारण केही समयमा प्लेटफर्ममा उच्च ट्राफिक समेत अनुभव गरिएको थियो, जसले ‘२.२’ प्रतिको अभूतपूर्व आकर्षण, विश्वास तथा लोकप्रियतालाई झल्काएको छ।

खाना, लाइफस्टाइल, इलेक्ट्रोनिक्स, ट्राभलदेखि इन्टरटेनमेन्टसम्मका विभिन्न क्षेत्रका आकर्षक डिलहरूले प्रयोगकर्तालाई आफ्ना संचित पोइन्ट्सलाई वास्तविक अनुभव तथा उपयोगी सेवामा रूपान्तरण गर्ने अवसर प्रदान गरिरहेका छन्। अफरअन्तर्गत अल्टिमा, केएफसी, कोथेज्, आईएनआई सिनेमाज्, श्री एयरलायन्स, फिलीली क्याफे, इरानी चिया, लगायतका ब्रान्डहरूसँगको सहकार्यमा विशेष डिलहरू उपलब्ध गराइएको कम्पनीको भनाइ छ। 

साथै हुन्डाई वाशिङ मेशिन, टिटान घडी, अनर स्मार्टफोन, अल्टिमा स्मार्ट डिभाइस लगायतका लगायतका आकर्षक रिवार्डहरूले प्रयोगकर्तामा विशेष उत्साह सिर्जना गरेको कम्पनीले जनाएको छ। फोनपोइन्ट्सले प्रयोगकर्ताको उच्च उत्साहलाई मध्यनजर गर्दै विशेष ‘पोस्ट २.२ डिल्स’ जेठ १४ गतेसम्म जारी रहने जानकारी दिएको छ। यस अवधिमा पनि प्रयोगकर्ताले आकर्षक अफरहरू हेर्न, आफ्नो मनपर्ने डिल छनोट गर्न तथा सहज रूपमा रिडिम गर्न सक्नेछन्।

साथै, प्रयोगकर्ताले फोनपोइन्ट्स एप, इसेवा तथा फोनपे एप मार्फत सहज रूपमा डिलहरू हेर्न, रिडिम गर्न तथा ‘२.२ उत्सव’मा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad