नेकपा (एमाले)ले देवका पहारीलाई गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक बनाएको छ।
एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले पहारीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका बागलुङबाट प्रतिनिधित्व गर्ने सांसद गोविन्दबहादुर नेपाली गत वैशाख २ गते भौतिक योजना मन्त्रालयको जिम्मेवारीमा उक्लिएपछि यो पद खाली थियो। कास्कीकी पहारी समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन्।
बिहीबारै दलका नेता अधिकारीले सचेतकको जिम्मेवारी बागलुङबाट प्रतिनिधित्व गर्ने सांसद लिलाबहादुर थापालाई दिएका छन्। थापा एमालेभित्र संस्थापनका खरो आलोचना गर्ने नेताहरुको रुपमा चिनिन्थे।
अहिले गण्डकीमा कांग्रेस-एमालेबीच सत्ता साझेदारी छ। यसअघि भएको सम्झौता कार्यान्वयन भए आउँदो साउनदेखि मुख्यमन्त्रीको जिम्मेवारी एमालेका खगराज अधिकारीले पाउनेछन्। एमाले केन्द्रीय सचिवसमेत रहेका खगराज पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन्।
Shares

प्रतिक्रिया