ad ad

कारोबार


सुनको मूल्यमा ठूलो उतारचढाव, फेरि १४ सय रुपैयाँ सस्तो

सुनको मूल्यमा ठूलो उतारचढाव, फेरि १४ सय रुपैयाँ सस्तो

नेपालखबर
माघ २०, २०७९ शुक्रबार ११:४८, काठमाडौँ

सुनको मूल्यमा दुई दिनयता ठूलो उतारचढाव देखिएको छ। 

अघिल्लो दिन ऐतिहासिक विन्दुमा पुगेको सुन फेरि एकै दिन १४ सय प्रतितोला सस्तो भएको हो। 

बिहीबार १ लाख ७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा शुक्रबार १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको हो। 

बुधबार १ लाख ६ हजार ३ सय रुपैयाँ प्रतितोलाबाट सुन एकैपटक १२ सय रुपैयाँले बढेको थियो। 

आज तेजाबी सुन पनि १ लाख ५ हजार ६ सय रुपैयाँमा झरेको छ। बिहीबार तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्यमा पनि ठूलै उतारचढाव देखिएको छ। बिहीबार १ हजार ३ सय ९५ प्रतितोला मूल्यमा कारोबार भएकामा शुक्रबार ३० रुपैयाँले सस्तो भएको हो। योसँगै आज चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .