कारोबार


मधेसमा श्रमाधान रोजगार मेला: २ हजारले दिए आवेदन

मधेसमा श्रमाधान रोजगार मेला: २ हजारले दिए आवेदन

नेपालखबर
जेठ २१, २०८१ सोमबार ५:३०, जनकपुरधाम

मधेस प्रदेशमा आयोजित श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन्। संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा जनकपुरमा आयोजित दुई दिने मेलाको छ हजारभन्दा बढीले अवलोकन गरेका थिए।

आवेदन दिएकामध्ये पहिलो चरणमा रोजगारीका लागि होटलतर्फ एक सय पाँच जना, अटोमोबाइल क्षेत्रका लागि ३५ र बैंकमा २७ र सुरक्षा गार्डका लागि  ८० जना गरी जम्मा दुई सय ४७ जनालाई अन्तर्वार्ताको लागि आमन्त्रण गरिएको छ।

मेलामा उद्योग प्रतिष्ठानका १४, होटल संस्थातर्फ ४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको दुई तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत छ गरी जम्मा ३७ वटा कक्ष राखिएको थियो ।

नेपाल उद्योग परिसंघ मधेस प्रदेशको संयोजनमा भएको मेलाको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका थिए । मेलामा प्रदेश सरकार श्रम तथा यातायतमन्त्री बेची लुगेलीको पनि उपस्थिति थियो।

मेलामा श्रमाधान संवादअन्तर्गत चार वटा प्यानलमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेसमा महिला उद्यमी सङ्घर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल पनि सम्पन्न भएको छ । उक्त प्यानल छलफलमा करिब दुई हजार जनाको उपस्थिति रहेको थियो।

आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित  मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगञ्ज महानगरपालिका, जनकपुर, कलैया, जीतपुर सीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए। 

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ र होटल सङ्घ नेपाल मेलाको सह आयोजकका रुपमा रहेका थिए। 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र ९सामी० र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनःएकीकरण परियोजना ९रेमी० ले पनि मेलामा विशेष सहयोग गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad